ब्राजिलियन डिफेन्डर आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ – Nepal Press

ब्राजिलियन डिफेन्डर आल्भेस यौन दुर्व्यवहारको आरोपमा पक्राउ

काठमाडौं । ब्राजिलका डिफेन्डर डानी आल्भेसलाई यौन दुर्व्यवहार गरेको आरोपमा पुलिसले बार्सिलोनाबाट पक्राउ गरेको छ ।

वार्सिलोनाका पूर्व फुल ब्याकलाई गत डिसेम्बरमा बार्सिलोनाको ‘नाइटक्लब’मा एक महिलालाई अनुचित ढंगले छोएको भन्दै यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

आफूमाथि लागेको आरोप अस्विकार गरेका आल्भेसलाई अहिले हिरासतमा राखिएको छ । उनलाई शुक्रबार न्यायाधीशले आरोपका बारेमा सोधपुछ गर्नेछन् ।

आल्भेसले बार्सिलोनको दुई कार्यकालमा ४०८ खेलेका छन् । उनी हालै सम्पन्न कतार विश्वकप २०२२ मा ब्राजिल फुटबल टिमको सदस्य थिए । उनी अहिले मेक्सिकोको पुमास उनामबाट खेलिरहेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर