बलात्कारको आरोपमा दाङमा प्रहरी जवान पक्राउ – Nepal Press

बलात्कारको आरोपमा दाङमा प्रहरी जवान पक्राउ

दाङ । बलात्कारको आरोपमा दाङ प्रहरीले एकजना प्रहरी जवानलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्कीलाई पक्राउ गरेर उनीविरुद्ध जबरजस्तीकरणीमा मुद्दा दर्ता गरिएको जनाएको छ । सल्यान माइत जान भनेर घरबाट हिँडेकी महिला समयमै माइत नपुगेपछि महिलाका श्रीमानले खोजी गर्दै आएका थिए ।

घर फर्केपछि महिलाका श्रीमानले माइत समयमा नगएको बारेमा सामान्य विवाद गरेपछि श्रीमान र श्रीमती मिलि जिप्रका आएर कार्कीविरुद्ध बलात्कारमा जाहेरी दिएका थिए । श्रीमानले श्रीमतीलाई आफैं बलात्कारमा ८-१० दिनपछि जाहेरी हाल्न लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी राजन गौतमले प्रहरी जवान कार्की र ती महिलाबीच सम्बन्ध रहँदै आएको र होटलको रजिष्ट्रेशनमा पनि श्रीमान र श्रीमतीकोरुपमा पनि देखिएको जानकारी दिए । उनले कार्कीलाई १३ दिनदेखि प्रहरी हिरासतमा राखेर घटनामा अनुसन्धान भइरहेको बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *