प्रदेश १ मा मन्त्रालय र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट- कुन मन्त्रालय कसले पाए ? – Nepal Press

प्रदेश १ मा मन्त्रालय र मन्त्रीहरुको जिम्मेवारी बाँडफाँट- कुन मन्त्रालय कसले पाए ?

विराटनगर । प्रदेश १ सरकारका बिनाविभागिय मन्त्रीहरुको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विनाविभागीय रहेका मन्त्रीहरुको मन्त्रालय तोक्दै कार्यविभाजन गरेका हुन् ।

कार्यविभाजन अनुसार मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाहेक आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून आफैंसँग राखेका छन् ।

नेकपा एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा पाएका छन् भने बुद्वीकुमार राजभण्डारीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीका दुर्गा चापागाईले सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा पाएका छन् भने माओवादीका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावारण मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र जसपाकी निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर