प्रधानमन्त्रीले संसदभित्र मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध – Nepal Press

प्रधानमन्त्रीले संसदभित्र मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध

जनकपुरधाम । प्रतिनिधिसभा बैठकमा मधेस आन्दोलनका शहिदहरुप्रति भएको अपमानप्रति नेपाली कांग्रेस मधेस प्रदेशले दुःख व्यक्त गरेको छ ।

कांग्रेस मधेस प्रदेशका सभापति तथा संसदीय दलका नेता कृष्ण प्रसाद यादवले विज्ञप्ति जारी गर्दै मधेस आन्दोलनका शहिदहरुप्रति अपमान भएकोमा दुःख व्यक्त गरेका हुन् ।

सदनमा बोल्ने क्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतले मधेसी शहिदहरुको सम्झनामा एक मिनेट मौन धारण गरेका थिए । सो क्रममा केही सांसद उठेर मौन धारण गरे । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतका केही सांसद उठेनन् ।

प्रधानमन्त्री प्रचण्डले नै मौन धारण नगरेकोले मधेसमा आलोचना भइरहेको छ । सो विषयमा कांग्रेस मधेसका सभापति यादव विज्ञप्ति जारी गरेर प्रधानमन्त्री प्रचण्डमाथि मधेस विरोधी आरोप लगाएका छन् ।

‘मौनधारणको अनुरोधलाई प्रधानमन्त्री लगायतका कतिपय सांसदज्यूहरूले अवज्ञा गर्नु दुःखद छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘यो घटनाबाट हाम्रा शासकहरू मधेसका शहीदहरूप्रति समेत वैरभाव राख्छन् भन्ने प्रष्ट हुन्छ ।’

मधेश आन्दोलनका सहिदहरूप्रति प्रधानमन्त्री प्रचण्ड लगायतको रवैया मधेस र मधेसी जनताप्रतिको अपमान र मधेशीजनविरुद्ध व्याप्त विभेदपूर्ण मानसिकताको उपज भएको कांग्रेस मधेशका सभापति यादवले टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभामा भएको घटनाप्रति दुख व्यक्त गर्दै उनले आगामी दिनमा यस्ता विभेद र अपमानपूर्ण व्यवहार नगर्न प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित सबैलाई ध्यानकर्षण गराएका छन् ।


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीले संसदभित्र मौनधारणको अवज्ञा गरेको भन्दै मधेस कांग्रेसको विरोध

  1. मौन धारणको पनि संसदमा विधि प्रक्रिया हुन्छ । एउटाले जे मन लाग्यो त्यहि गर भन्दैमा अरूले मान्नुपर्ने ? सभामुख मार्फत आउनुपर्छ । कुनै साँसदले मेरो गाउँका ९५ वर्षका ठूला बा बाथरूममा चिप्लिएर स्वर्गारोहण हुनुभयो भनेर सबैलाई उठेर मौनधारण गर भनेमा पनि उठनुपर्ने अब ? विषय त संवेदनशील नै हो । त्यसैले विधि प्रक्रियाबाट हुनुपर्छ । दादागिरी नदेखाउ । राम्रो हुनेछैन ।तिमीहरू मधेशका लुटेरा हौ । त्याँहाका गरिव दुखी लुटने अनि काठमाडौंले विभेद गर्यो भनेर ध्यान मोडन झुट कुरा गर्ने ? मधेशमा परिवर्त गर्न हिडेको सिके राउत एउटा मन्त्रालयको भागबण्ठामा सिमीत छ । नियत त स्पष्ट भयो नि अब । खानेपानी मन्त्रालय मार्फत मधेशमा स्वच्छ खानेपानी उपलव्ध गराएर काम देखाए भयो नि । कृषि नै किन चाहियो भने त्याँहा करिव ३० अरबक‍ो अनुदान छ त्यसमा आँखा लगाएको हो । उद्योगमा कोटा बाँडन पाईन्छ, उखु किसानको अनुदान खान पाईन्छ भनेर लोभ गरेको हो । आफ्नो सिटको हैसियत ख्याल गर । एउटा मन्त्रालय भनेजस्तो नपाएर लुटन पाईएन भनेर नश्लवादी, खस आर्य भन्दै हिडने ? जातीय द्वेष फैलाएको आरोपमा कानूनी कारवाही गर्नुपर्छ । जसले पनि सधै बाहुन क्षेत्रीलाई आरोप किन लगाउने ? वाहियातहरू ! सिके राउत, महन्त ठाकुर, उपेन्द्रहरू मधेशमा सबैभन्दा लुटने, दुख दिनेहरू हुन् । मधेशका जनताले यो बुझ्दै गएकाले अहिले त्याँहा तिनको पत्तासाफ हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर