पर्यटनमन्त्री किराँती र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, थप हवाई प्रवेश मार्गबारे छलफल


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भऐका छ ।
भारतीय राजदूत श्रीवास्तवले मन्त्रालयमै पुगेर शुक्रबार पर्यटनमन्त्री किराँतीसँग भेटवार्ता गरेका हुन् । मन्त्री किराँतीले सामाजिक सञ्जालमा उक्त भेटवार्ता तस्बिर साझा गरेका छन् ।
उनले भारतीय राजदूत श्रीवास्तवसँग सिमरामा रहेको नेपालको एकमात्र हवाई मार्गमा अधिक चाप बढेकाले थप हवाई प्रवेश मार्ग दिन अनुरोध गरेको उल्लेख गरेका छन् ।
‘भेटवार्तामा हामीले सिमरामा रहेको नेपालको एकमात्र हवाई मार्गमा अधिक चाप बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि महामहिमसमक्ष अनुरोध गरियो । महामहिम श्रीवास्तवले नेपाली जनता र नेपालको हितमा भारत सरकार सधैं सकारात्मक हुने बताउनुभयो’, उनले भनेका छन् ।