विश्वासको मत पाएपछि मुख्यमन्त्री शर्माले भने- कर्णालीमा छिट्टै मन्त्रीहरुको टुङ्गो लगाउँछौं – Nepal Press

विश्वासको मत पाएपछि मुख्यमन्त्री शर्माले भने- कर्णालीमा छिट्टै मन्त्रीहरुको टुङ्गो लगाउँछौं

सुर्खेत । विश्वासको मत पाइसकेपछि कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रीहरुको टुंगो छिट्टै लगाउने बताएका छन् ।

शुक्रबार प्रदेशसभा बैठकबाट विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।

उनले भने, ‘सरकारमा मुख्यमन्त्री एक्लै के जाने भनेर, दुई बिनाविभागिय मन्त्री लगेर गएको र मन्त्रीहरुको लागि आजैबाट छलफल सुरु गरिनेछ ।’

त्यस्तै, विभिन्न सेक्टरहरुसँग छलफल, बहस गरेर निति नियमको प्रक्रिया थालनी गरिने शर्माको भनाइ छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर