उपचारपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज – Nepal Press

उपचारपछि वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

ललितपुरस्थितर सुमेरु अस्पतालमा उपचाररत पुन आज डिस्चार्ज भएका र उनले केही समय घरमै आराम गर्ने उनको सचिवालयले जानकारी गराएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि पुनलाई पुस ३० गते अस्पताल भर्ना गरिएको थियो ।

नेता पुन मंसिर ४ को चुनावलगत्तै चीनबाट उपचार गरेर नेपाल फर्किएका हुन् । उनी वंशाणुगत जण्डिसबाट पीडित छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *