ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने – Nepal Press

ए डिभिजन लिगको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा खुमलटार र फ्रेन्ड्स भिड्ने

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको खेल तालिका सार्वजनिक गरिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा नवप्रवेशी खुमलटार युथ क्लब र फ्रेन्ड्स क्बलबीच प्रतिस्पर्धा हुनेछ ।

फाल्गुन १९ गते देखि सुरूहुने प्रतियोगितामा डबल राउन्ड रोबिन पद्दतिमा हुनेछ । १४ टिमको सहभागिता रहेको प्रतियोगिताको पाँचौ चरण सम्मको खेल तालिका आज सार्वजनिक गरिएको हो ।

अघिल्लो सिजन दशरथ रंगशाला र पोखरा रंगशालामा मात्रै प्रतियोगिताका खेलहरू आयोजना भएका थिए ।

यस पटक दशरथ रंगशाला लगायत एन्फा कम्प्लेक्स सातदोबाटो र च्यासल फुटबल गमैदानसहित तीन स्थानमा खेलहरू हुनेछन् । यो सिजनको लिगमा कुल १८२ खेलहरू हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर