उपसभामुखमा कांग्रेसकी मुक्ताको मनोनयन दर्ता – Nepal Press

उपसभामुखमा कांग्रेसकी मुक्ताको मनोनयन दर्ता

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुखमा नेपाली कांग्रेसबाट मुक्ता यादवले उम्मेदवारी दर्ता गरेकी छन् । उनले नयाँ बानेश्वरस्थित संसद सचिवालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् ।

उनको प्रस्तावकमा कांग्रेसका बद्रीप्रसाद पाण्डे र समर्थकमा लोसपाका सर्वेन्द्रनाथ शुक्ला र नेकपा एसका मेटमणि चौधरी रहेका छन् ।

यसअघि सत्ता गठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उम्मेदवारी दर्ता गरिसकेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर