निजी जग्गामा डोजर चलाएपछि काठमाडौं महानगरविरुद्ध उत्रिए सुमन सायमी – Nepal Press

निजी जग्गामा डोजर चलाएपछि काठमाडौं महानगरविरुद्ध उत्रिए सुमन सायमी

काठमाडौं । काठमाडौं महानगरले निजी जग्गामा डोजर चलाउन थालेको भन्दै पीडित परिवार लगायत सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन् ।

शुक्रबार काठमाडौंको राष्ट्रियसभागृहमा महानगरको नगर सभाको १२ औं अधिवेशन चलिरहेका बेला उनीहरुले सडक विस्ताको नाममा नागरिकको निजी सम्पती कव्जा गर्न नपाइने भन्दै राष्ट्रिय सभागृह अगाडी प्रदर्शन गरेका हुन् । निजी सम्पतीमा विना पूर्जी गुण्डागर्दी शैलिमा डोजर आतंक गरिएको उनीहरुको आरोप छ ।

त्यस्तै उनीहरुले फोहर मैला व्यवस्थापन कहा पुग्यो ? टुकुचा बिगार्ने अनि लापरवाही तरिकाले छाड्ने ? हिड्ने अधिकार सुनिश्चित गर्न फुटपाथ सुरक्षित गर्ने अभियान कहा पुग्यो? लगाएतका प्रश्न पनि गरेका छन् ।

उपत्यकाव्यापी सडक बिस्तार पीडित संघर्ष समिति सुमन सायमीले उपत्यकाको समस्यमा समाधान गर्न काठमाडौंको मेयर असफल भएको र लोकप्रियताका लागि डोजर आतंक फैलाइएको बताए । उनले क्षेत्राधिकार भन्दा बाहिर नजान र महानगरको निर्णयको कपी पठाएर मात्रै काम गर्न आफुले सुझाव दिदा आफैलाई प्रहरी प्रशासन लगाएर पक्राउ गरिएको जिकिर गरे ।

संघर्ष समितिले महानगरको गलत कदमविरुद्ध आन्दोलन गर्ने तयारी समेत गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *