सोनाम ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन बिदा – Nepal Press

सोनाम ल्होसारमा हेलम्बु गाउँपालिकामा तीन दिन बिदा

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै सार्वजनिक बिदा दिनेबारे जानकारी गराएको हो।

गाउँ कार्यपालिकाको माघ ८ गतेको निर्णयअनुसार माघ ८, ९ र १० गते गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत उदयराज भट्टराइले जानकारी दिएका छन्।

सरकारले पनि सोनाम ल्होसारका दिन एकदिन सार्वजनिक बिदा दिँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर