सन्दीपले केही क्रिकेटरलाई इन्स्टाग्राममा गरे अनफलो, ट्विटरकाे बायो पनि निराशाजनक – Nepal Press

सन्दीपले केही क्रिकेटरलाई इन्स्टाग्राममा गरे अनफलो, ट्विटरकाे बायो पनि निराशाजनक

काठमाडौं । हालै जेलबाट धरौटीमा रिहा भएका क्रिकेटर सन्दीप लामिछानेमा अझै हताश मनोविज्ञान देखिएको छ । उनले आफ्नो ट्विटर ह्यान्डलको बायोमा निराशाजन्य भाव व्यक्त गरेका छन् भने राष्ट्रिय टिमका केही खेलाडीहरुलाई इन्स्टाग्राम अनफलो गरेका छन् ।

आफ्नो ट्विटर ह्यान्डलको बायो भर्खरै परिवर्तन गरी सन्दीपले लेखेका छन्, ‘एन्ड द स्टोरी इन्ड्स हियर ।’ ‘र, कथा यहाँ अन्त्य हुन्छ ।’ यसअघि उनको बायोमा राष्ट्रिय क्रिकेट खेलाडी लेखिएको थियो ।

अहिलेको बायोले उनी क्रिकेटबाटै बिदा हुने निष्कर्षमा पुगेको भनेर पनि कतिपयले अड्कलवाजी गरिरहेका छन् । तर, निकट स्रोतका अनुसार त्यो सत्य होइन । सन्दीप अझै पनि राष्ट्रिय टिममा फर्किएर क्रिकेट खेल्न लालायित छन् ।

सन्दीपले हिजो मात्रै आफ्नो राष्ट्रिय टिममा पुनरागमनबारे नेपाल क्रिकेट संघका अध्यक्ष चतुर बहादुर चन्दसँग कुराकानी गरेका थिए । उनी क्रिकेट मैदानमा समेत पुगेका थिए । अध्यक्ष चन्दले स्पष्ट जवाफ नदिएपछि सन्दीप केही निराश बनेको स्रोतको भनाइ छ ।

यसैबीच सन्दीपले राष्ट्रिय टिमका खेलाडीहरु दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी कुशल भुर्तेल लगायतलाई इन्स्टाग्राम अनफलो गरेका छन् । बलात्कार आरोपमा आफू जेल पर्दा साथी खेलाडीहरुले कुनै पनि तरिकाबाट बचाउमा नबोलेको र नलेखेको भनि उनी असन्तुष्ट थिए । पछिल्ला दिनमा केही क्रिकेटरले उनको पक्षमा लेखेका छन् । ती क्रिकेटरलाई सन्दीपले अनफलो गरेका छैनन् ।

पूर्वकप्तान ज्ञानेन्द्र मल्लसित सन्दीपको पहिल्यैदेखि शीतयुद्ध थियो । क्यानले ज्ञानेन्द्रलाई कप्तानबाट हटाएर सन्दीपलाई कप्तान बनाएको थियो । यसैगरि, अर्का पूर्वकप्तान पारस खड्कासँग पनि सन्दीपको सुमधुर सम्वन्ध छैन । पछिल्लो समय ज्ञानेन्द्र र पारसलाई उनले फलो गरेका छैनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर