ठमेलमा ‘आम–ला’ होटलले दिँदैछ मौलिक आतिथ्य, पर्यटकको आकर्षण बन्यो लेक भ्यू हाउस – Nepal Press

ठमेलमा ‘आम–ला’ होटलले दिँदैछ मौलिक आतिथ्य, पर्यटकको आकर्षण बन्यो लेक भ्यू हाउस

काठमाडौं । विश्वव्यापी फैलिएको कोभिड–१९ महामारी शुरु भएयता विगत ३ वर्षमा नेपालको पर्यटन तथा होटल व्यवसायले ठूलै मूल्य चुकाउन परेको छ । यहि बीचमा आर्थिक भारले गर्दा कतिपयले होटल तथा पर्यटन व्यवसाय संचालन गर्न नसकेर बन्दै गर्नु परेको उदाहरण धेरै छन् ।

महामारी मत्थर भइसकेपनि महामारी रोकथामका लागि लगाइएको ‘बन्दाबन्दी’कै असरले अहिलेसम्म व्यवसायीहरु प्रभावित नै छन् । तर, महामारीको पीडा घट्दै जाँदा उत्साही व्यवसायीहरुले पर्यटन तथा होटल व्यवसायमा ठूलो स्केलमा लगानी प्रारम्भ गरेका छन् । यसरी लगानी गर्ने ‘होटल आम–ला’ जेपी मार्ग, ठमेलका लगानीकर्ता मध्येका एक निरेन शाक्य भन्छन्– हामी उच्च मनोबलका साथ होटल व्यवसायमा लगानी गर्न तयार भएका हौं ।

सरकारले राष्ट्रिय राजश्वमा योगदान पुर्‍याउन सक्षम ‘सेक्टर’ होटल, पर्यटन तथा हवाई उड्डयन क्षेत्रलाई व्यवसायिक हिसावलेमाथि उठाउन विशेष प्याकेजको व्यवस्था गर्न जरुरी छ ।

नेपालको होटल तथा पर्यटन व्यवसायले हजारौंको रोजगारी सिर्जना गर्दै आएको छ । संयूक्त राष्ट्र संघिय एसिया प्यासिफिक क्षेत्रको सामाजिक र आर्थिक आयोगले नेपालको ८२ प्रतिशत रोजगारी सिर्जना र विदेशी मु्द्रा आर्जन होटल, पर्यटन जस्तै साना र मझौला उद्योग मार्फत भइरहेको उल्लेख छ ।

महामारीको प्रभाव सकिएपनि बलियो आर्थिक सुरक्षा नभएर कोभिड कालमा बिग्रिएको नेपालको पर्यटन तथा होटल व्यवसायमा यतिबेला ठूलो स्केलमा लगानी गर्नुलाई कम चुनौतीपूर्ण मानिन्न । व्यवसायीहरुलाई यतिबेला खस्कँदो ऋणको भारले थिचिरहेकै समय व्यवसायीहरु निरेन शाक्य लगायत लगानीकर्ताको मनोबल प्रशंसा योग्य छ । यतिबेला राज्य स्वयमले ‘होटल आम–ला’ जस्ता होटलहरुको ‘विकास र विस्तार’मा टेवा पुग्ने खालका व्यवसाय लक्षित कार्यक्रम ल्याउनु जरुरी देखिन्छ ।

‘होटल आम–ला’ ठमेलको जेपी मार्गमा अवस्थित सुन्दर होटल हो । सात वटा फ्ल्याट, २६ वटा रुम, सम्मेलन तथा गोष्ठीका लागि सेमिनार हल तथा नेपाली, शेर्पा, चाइनिज, इण्डियन तथा अन्य विशेष प्रकारका खानाका पारखीका लागि उक्त होटल लोकप्रिय बन्दै गएको छ । ‘होटल आम–ला’को मुख्य विशेषता भनेको होटलको ‘रुफटप’बाट सिंगै ठमेलको रमणीय दृष्यावालोकन गर्दै खानपान गर्न सकिने देखिन्छ ।

दिनभरीको थकान मेट्नका निम्ति आन्तरिक पर्यटक तथा विदेशबाट नेपालको यात्रामा निस्किएका विदेशी पाहुनाका लागि एउटा गन्तव्य बन्न सक्दछ । अंग्रेजी नयाँ वर्ष २०२३ तथा होटल संचालन प्रारम्भको अवसर पारेर उक्त होटलले नेपाली पाहुनाको हकमा विशेष छुटको समेत व्यवस्था गरेको जनाएको छ ।

‘होटल आम–ला’ बारे होटलका संचालक शाक्य भन्छन् – ‘हामी हाम्रा पाहुनाको सन्तुष्टिका निम्ति सचेत छौं, तसर्थ हामीले स्वस्थबद्र्धक खाना तथा बसोबासका निम्ति अन्तर्राष्ट्रिय मापदण्डलाई ‘फलो’ गरिरहेका छौं । पाहुनाको विशेष सत्कार नै हाम्रो मुल ध्येय हुनेछ ।’

त्यसो त, काठमाडौंको ठमेल क्षेत्र पर्यटकहरुका निम्ति मुख्य आकर्षणको केन्द्र बन्दै आएको छ । ‘होटल आम–ला’ले नेपालमा केही दिन बिताउने पर्यटकका लागि पोखरामा रहेको फेवातालको पूर्ण रुपमा दृष्यावालोकन गर्न सकिने ‘सुमिङपुल’सहितको आफ्नै ‘लेक भ्यू हाउस’ होटलबाट पनि सेवा दिने बताएको छ ।

पर्यटकहरुको लागि काठमाडौंका ऐतिहासिक सम्पदा र बस्तीपछिको अर्काे ठूलो गन्तव्यको रुपमा पोखरालाई लिने गरिन्छ । कोभिड पछिको पर्यटकीय गतिविधि थपिँदै जाँदा होटलका लागि पाहुनाको कमि नभएपनि स्वदेशी तथा विदेशी पाहुनाले नेपालका होटल, पर्यटन क्षेत्र तथा हवाई उड्डयन क्षेत्रबाट सुखद् सेवा पाउनु चुनौतीपूर्ण रहेकै समय ‘होटल आम–ला’ले भने यी सबै विषयको गहिरो ज्ञान तथा विशेष सतर्कतापूर्वक सेवा दिने बताएको छ । जसले गर्दा उक्त होटलमा पुग्ने जो कोहीका निम्ति गुनासो गर्ने विषय कमै रहने देखिन्छ ।

आफ्नो व्यापार र व्यवसाय फस्टाउनका निम्ति व्यवसायीले विभिन्न खाले प्रचारका माध्यम अपनाउने गरेको पाइन्छ । तर, ‘होटल आम–ला’का संचालक शाक्य भन्छन् –‘हामी सस्तो लोकप्रियताका निम्ति अनावश्यक प्रचार गर्दैनौं । तर, हामी कहाँ आउने पाहुनाको हकमा हामी स्वागत तथा सत्कारका निम्ति विशेष सतर्क छौं । अतिथि सत्कार नै हाम्रो होटलको पहिचान हो ।’

महामारीबाट थलिएको अर्थतन्त्रलाई उकास्नका निम्ति यसरी खुलेका र खुल्दै गरेका होटल तथा पर्यटन व्यवसायीलाई राज्यका तर्फबाट बजेटमै व्यवस्था हु्ने गरी उत्थानका कार्यक्रम तथा नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरेर पर्यटक आकर्षित गर्नु सान्दर्भिक हुनेछ । रेमिट्यान्सले मात्र नेपालको अर्थतन्त्र धानिन मुस्किल भएका बखत सरकारले यति नै बेला समग्र पर्यटन क्षेत्र उकास्ने कार्यक्रम ल्याउन सक्दा मात्र नेपालको होटल तथा पर्यटन क्षेत्रले पनि राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने कुरामा दुईमत नरहला,’उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर