विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्तालाई उपसभामुख उम्मेदवार बनाउने तयारी – Nepal Press

विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्तालाई उपसभामुख उम्मेदवार बनाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसले उपसभामुखमा मुक्ता यादवलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले यादवलाई उपसभामुखको उम्मेदवार बनाउने अनौपचारिक सहमति बनेको एक पदाधिकारीले बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिक सांसद हुन् ।

उनले भने, ‘उहाँ (मुक्ता) लाई उम्मेदवार बनाउनेबारेमा लगभग सहमति भइसकेको छ । हामी अन्य दलसँग पनि छलफल गरिरहेका छौं । केही समयपछि औपचारिकरूपमा निर्णय होला ।’

बिहीबार भएको सभामुखको निर्वाचनका कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेलाई नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चाले मतदान गरेका थिए ।

सत्तागठबन्धनबाट राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुख उम्मेदवारमा अघि सार्ने निर्णय गरेको छ ।


प्रतिक्रिया

One thought on “विपक्षी गठबन्धनबाट कांग्रेसकी मुक्तालाई उपसभामुख उम्मेदवार बनाउने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर