रास्वपाबाट उपसभामुख उम्मेदवार को ? संसदीय दलको बैठकले केहीबेरमा टुंग्याउँदै – Nepal Press

रास्वपाबाट उपसभामुख उम्मेदवार को ? संसदीय दलको बैठकले केहीबेरमा टुंग्याउँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक सुरू भएको छ । उपसभामुखको उम्मेदवार टुंगो लगाउन बैठक बोलाइएको हो ।

सातदलीय गठबन्धनको भागबन्डामा उपसभामुख पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई परेको छ ।

रास्वपाबाट उपसभामुखमा सोविता गौतमको चर्चा छ ।

प्रतिनिधिसभाको उपसभामुखको निर्वाचन शनिबार तोकिसकिएको छ । त्यसका लागि आज मनोनयन दर्ता हुँदैछ ।

भोलि बिहान ९ बजे संसदीय दलको बैठक बसेर उपसभामुख उम्मेदवार तय गरिने दलका नेता एवं गृहमन्त्री रवि लामिछानेले बताए ।

प्रतिनिधिसभा सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।

तस्बिरहरू : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर