जापान पठाइदिने भन्दै करिब ३ करोड लिएर फरार गिरोह पक्राउ गर्न माग – Nepal Press

जापान पठाइदिने भन्दै करिब ३ करोड लिएर फरार गिरोह पक्राउ गर्न माग

विराटनगर । मोरङका ३७ जनालाई जापानमा रोजगारीका लागि पठाइदिने भन्दै दुई करोड ८७ लाख ठगेर फरार भएको आरोपसहित पीडितहरूले कारबाहीको माग गरेका छन् ।

मोरङ सुनवर्षी, रङ्गेली नगरपालिका र कटहरि गाउँपालिकाका ३७ पीडितले बिहीबार पत्रकार सम्मेलन गरी २०७९ वैशाखदेखि पुस मसान्तसम्ममा सुनवर्षी नगरपालिका-६ पटियापाडाका अजय राजवंशी, सोही स्थानका रञ्जितकुमार राजवंशी, अनुराधा राजवंशी, विद्याकुमारी राजवंशी र चितवनका नारायणका राजेन्द्र अधिकारीले विभिन्न मितिमा विभिन्न बैंकमार्फत उक्त रकम लिएर फरार भएको पीडितको भनाइ छ ।

पीडितमध्येका कटहरि गाउँपालिकाका विवेक राजवंशीले आरोपीले जापानमा राम्रो रोजगारी उपलब्ध गराउने भन्दै नक्कली कामदार मागको कागजपत्र देखाई १८ लाख बैंकमा नगद जम्मा गर्न लगाइ ठगी गरेको बताए । यसैगरी सुनवर्षी नगरपालिका-६ का सुरेन्द्रकुमार राजवंशीले छोरा राहुल राजवंशी र ज्वाइँ मदनकुमार राजवंशीलाई रोजगारीमा पठाउन पटकपटक गरी बैंकमार्फत १९ लाख जम्मा गरेको बैंक भौचर देखाए ।

पीडितले ३६ देखि ६० प्रतिशत ब्याजमा आफ्नो घर जग्गा धितोमा राखी लिएको ऋण ठगीमा परेको बताएका छन् । पीडितले इलाका प्रहरी प्रशासन कार्यालय रङ्गेली, इलाका प्रहरी कार्यालय रङ्गेली, जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय विराटनगरमा उजुरी दिनुका साथै ठगी भएको रकम फिर्ता गराउन माग गरेका छन् ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर