शान्ति सुव्यवस्था र सुशासनमा राष्ट्रियसभा सदस्यहरुको जोड – Nepal Press

शान्ति सुव्यवस्था र सुशासनमा राष्ट्रियसभा सदस्यहरुको जोड

काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले शान्ति सुव्यवस्था, भ्रष्टाचार न्यूनीकरण, सुशासन, यातायात लगायतका क्षेत्रमा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको विशेष समयमा कांग्रेसका कमलादेवी पन्तले मुलुकको सडक यातायात अस्तव्यस्त र पीडादायक रहेकाले तत्काल सुधारको आवश्यकता रहेको बताइन् । उनले सडक यातायातलाई व्यवस्थित गर्न सरकारले विशेष ध्यान दिनुपर्ने पनि बताइन् ।

नेकपा (माओवादी केन्द्र)का नरबहादुर विष्टले नवगठित राष्ट्रिय एकताको सरकारलाई मुलुकको शान्ति सुरक्षा, शान्ति प्रक्रिया, विकास, सुशासन र समृद्धिको मुख्य लक्ष्य बनाएर काम गर्न सुझाव दिए । सरकारले मुलुकको आवश्यकता र जनताको आकाक्षालाई सम्बोधन गर्न सक्षम हुने उनको विश्वास छ ।

एमालेका सुमित्रादेवी बीसीले आवश्यक सुरक्षा सतर्कता अपनाउन नसक्दा मुलुकमा हवाई दुर्घटना पटक–पटक दोहरिएको बताइन् । हवाई यात्रालाई विश्वसनीय र परपर्दाे तुल्याउन उडाउन अघि प्राविधिक परीक्षणलाई कडाइका साथ लागू गर्न उनले माग गरिन्े ।

बैठकमा विश्वविद्यालय विधेयक, २०७९ पेस भएकोे छ भने राष्ट्रियसभाअन्तर्गत विषयगत समितिमा रहने सदस्यको थप नाम मनोनयन गरिएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही माघ १० गते १ बजे बोलाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर