चोभारमा कार खसेको ३ दिनपछि बेपत्ता राजकुमारको शव भेटियो – Nepal Press

चोभारमा कार खसेको ३ दिनपछि बेपत्ता राजकुमारको शव भेटियो

काठमाडौं । काठमाडौंको चोभारमा कार खसेर बेपत्ता भएका राजकुमार खत्रीको शव तीनदिनपछि फेला परेको छ ।

किर्तिपुर नगरपालिका ६ चोभारस्थित जलविनायक पुल नजिकै बागमती नदीको किनारमा कार खसेर बेपत्ता भएका खत्रीको शव आज माघ ५ गते सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गणं, नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

माघ २ गते सो ठाउँमा बा ५ च ५६५४ को सिलभर रङको कार नदी किनारमा खसेको थियो । दुर्घटनामा कारमा सवार दक्षिणकाली नगरपालिका १ का ४० वर्षिय राजकुमार खत्री बेपत्ता भएका थिए भने श्रीमती ४० वर्षिया अम्बिका लामिछाने घाइते भएकी थिइन् ।

सशस्त्र प्रहरीले उनको शव नेपाल प्रहरीलाई बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर