सभामुख चुनावपछि प्रधानमन्त्रीले भने- राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं (भिडिओ) – Nepal Press

सभामुख चुनावपछि प्रधानमन्त्रीले भने- राष्ट्रपतिबारे समझदारीको कोसिस जारी राख्छौं (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समझदारीमा राष्ट्रपति चयनको कोसिस गर्ने बताएका छन् । आज सभामुख निर्वाचनपछि सञ्चारकर्मीसित संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले सभामुखको निर्वाचनमा सत्ता साझेदार दलहरु एकै ठाउँ उभिएको बताए । पर्सि उपसभामुखको चुनाव पनि यही प्रक्रियाबाट हुने उनले जानकारी दिए ।

राष्ट्रपतिको विषयमा चाहीँ के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा उनले जवाफ दिए, ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोशिष छ । हामी त्यो कोशिष जारी राख्छौं ।’

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर