सिभिल मलमा आत्मदाह गर्न खोज्ने युवकको उद्धार – Nepal Press

सिभिल मलमा आत्मदाह गर्न खोज्ने युवकको उद्धार

काठमाडौं । काठमाडौंको सुन्धरास्थित सिभिल मलमा आत्मदाह प्रयास युवकको सकुशल उद्धार गरिएको छ ।

सिभिल मलको भुइँ तलामा काठमाडौं महानगरपालिका- १६ का २९ वर्षीय विसङ गुरुङलेआफ्नो शरीरमा आफैले पेट्रोल छर्केर आगो लगाएको लगाएका थिए । उनको शरीरमा लागेको आगोस्थानीय र सिभिल मलका सुरक्षा गार्डले मिलेर निभाएका थिए ।

तत्कालै प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीसमेत भई उनलाई उपचारको लागि राष्ट्रिय ट्रमा सेन्टरमा पठाइएको छ ।
साढे १२ बजे थप उपचारको लागि उनलाई कीर्तिपुर मोडेल अस्पतालमा रिफर गरिएको छ ।

गुरुङको अनुहार र शरीरको बिभिन्न भागमा आगोले जलेको प्रहरीले जनाएको छ । उनको अवस्था सामान्य रहेको छ । आत्मदाह गर्न खोज्नुको कारण हालसम्म नखुलेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *