साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार – Nepal Press

साताको अन्तिम कारोबार दिन नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । बिहीबार नेप्से ५.७१ अंकले बढेर २ हजार १७८.८१ विन्दुमा अडिएको छ ।

बजारमा आज ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँ बराबरको कारोबार भएको छ । उक्त कारोबारमा ८२ लाख ४७ हजार ६४६ कित्ता शेयरको किनबेच भएको छ ।

आजको कारोबारमा आदर्श लघुवित्त वित्तीय संस्था, मैलुङ खोला जलविद्युत, नेपाल इन्फ्रास्टक्चर बैंकको शेयर मूल्य उच्च अंकले बढेको छ । कुमारी धनवृद्धि योजना, लक्ष्मी लघुवित्त वित्तीय संस्था, सिटिजन्स म्युचअल फन्ड २ र ग्लोबल आईएई लघुवित्त वित्तीय संस्थाले आज सबैभन्दा बढी गुमाएका छन् ।

०.२६ प्रतिशतले बढेको शेयर बजारको पूँजीकरण ३१ खर्ब ४५ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर