संवैधानिक नियुक्तिदेखि राजदूतसम्म सम्मानजनक भाग पाएमात्रै सरकारमा जान्छौं : प्रदीप यादव – Nepal Press

संवैधानिक नियुक्तिदेखि राजदूतसम्म सम्मानजनक भाग पाएमात्रै सरकारमा जान्छौं : प्रदीप यादव

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले आफूहरु दुईवटा मन्त्रालयको लागि सरकारमा नजाने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले २ वटा मन्त्रालय लिएर आफूहरु सरकारमा जान लालायित नभएको बताएका हुन् ।

उनले भने, ‘भागबन्डा सम्मानजनक भयो भने हामी सरकारमा जान्छौं । हुँदैन भने जाँदैनौं । हाम्रो जे कुरा हुन्छ, प्याकेजमा हुन्छ । उपराष्ट्रपतिमात्रै छैन, धेरै कुरा बाँकी छ । संवैधानिक नियुक्तिदेखि राजदूतसम्ममा सम्मानजनक भाग पाउनुपर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर