विश्वप्रकाशको दाबी- प्रधानमन्त्री ओलीजीको ढोक्सामा पर्‍यो, राष्ट्रपति हाम्रोमा पार्नेगरी लाग्छौँ – Nepal Press

विश्वप्रकाशको दाबी- प्रधानमन्त्री ओलीजीको ढोक्सामा पर्‍यो, राष्ट्रपति हाम्रोमा पार्नेगरी लाग्छौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनका लागि ढोक्सा थापेको टिप्पणी गरेका छन् ।

प्रतिनिधि सभाको निर्वाचनपछि उनले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताए । शर्माले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले हामीलाई ढोक्सा थापेको भन्नुहुन्थ्यो । तर, उहाँले चाहि थाप्नुभएको रहेछ । चुनावमा जाँदै गर्दा हामी एउटै गठबन्धन बनाएर गएका थियौं । १० गते ३ बजे सहमति नभए ५ बजेसम्ममा त हुन्थ्यो होला । हाम्रो बिचमा कुरा नमिलिरहेको बेलामा ढोक्सा कमरेड ओलीले थाप्नुभएको थियो । जसमा उहाँ सफल हुनुभयो ।’

जनताले सरकार र शितलनिवासको नेतृत्वको अपेक्षा गरेर नै कांग्रेसलाई पहिलो दल बनाएको जिकिर गरे ।

उनले भने, ‘अहिले हाम्रो सरकारमा जाने ध्यान छैन। तर, सबैभन्दा ठुलो दल भएकाले सभामुख, प्रधानमन्त्री या राष्ट्रपतिमा उम्मेदवारी दिने र बन्नेतर्फ लाग्नु सत्ताभित्रको साझेदारीको रुपमा बुझ्नुहुँदैन ।’

उनले राष्ट्रपतिको निर्वाचनमा परिणाम हासिल गर्नेगरी तयारी लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर