युवा संघको नवाैं राष्ट्रिय महाधिवेशन चैत २७-२९ गते बाँकेमा गर्ने निर्णय – Nepal Press

युवा संघको नवाैं राष्ट्रिय महाधिवेशन चैत २७-२९ गते बाँकेमा गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन आगामी चैत २७ देखि २९ गतेसम्म लुम्बिनी प्रदेशको बाँकेमा आयोजना हुने भएको छ ।

संघको केन्द्रीय पदाधिकारीको पूर्ण बैठकले यस्तो निर्णय गरेको अध्यक्ष किरण पौडेलद्वारा जारी विशेष सर्कुलरमा उल्लेख छ । बैठकले अध्यक्ष पौडेलको संयोजकत्वमा ‘राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समिति’ गठन गरेको छ ।

त्यस्तै, बैठकले यही माग २९ र २० गते मकवानपुरको हेटौँडामा संघको केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले संघको नीतिनियम विपरीत कार्य गर्ने सदस्यहरुलाई निष्काशित गर्ने पनि निर्णय गरेको छ ।

विज्ञप्तिः

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर