लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्तिको अवरोध – Nepal Press

लुम्बिनी प्रदेशसभामा नागरिक उन्मुक्तिको अवरोध

रुपन्देही । लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशनको चौथो बैठक सत्तारुढ नागरिक उन्मुक्तिले स्थगन गर्न माग गरेको छ ।

मुख्यमन्त्री लीला गिरीले आज दिउँसो १ बजे लिने भनिएको विश्वासको मत लिने पूर्वनिर्धारित समय सत्तारुढ नागरिक उन्मुक्तिका कारण ढिलाई भएको थियो ।

सो पार्टीले पूर्व निर्धारित समयअगावै संसद सचिवालयमा सदन रोक्न माग गरेपछि प्रदेश सभाले बैठकको सुरुमै विशेष समय दिने सहमति भएको थियो ।

आधाघन्टा ढिला सुरु भएको सदनमा सभामुख तुलाराम घर्तीले शुरुवातमै नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्म चौधरीलाई विशेष समय दिएका थिए ।

चौधरीले टिकापुर घटनामा जेलजीवन बिताएका रेशम चौधरीको रिहाई, लाल आयाेग प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आजको सदन स्थगित गर्न माग गरे । उनको मागलाई नागरिक उन्मुक्तिका सांसदले समर्थन गरेलगत्तै सभामुख घर्तीले विशेष छलफलका लागि केही समय स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर