गोगंबुको दुई होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ – Nepal Press

गोगंबुको दुई होटलबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ

काठमाडौं। काठमाडौंको गोगंबु वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लीकोटबाट ७३१ थान राहदानीसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले कञ्चनपुर बेतकोट नगरपालिका-३ घर भई टोखा नगरपालिका-९ म्याग्दी चोक बस्ने ४८ वर्षीय लोक जंग खड्का समेत ३ जनालाई बुधबार साँझ पक्राउ गरेको हो । उक्त होटलहरूमा शंकास्पद व्यक्तिहरु रहेको सूचनामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले टोलीले होटेल सोनाबाट शंकास्पद रुपमा रहेका ७१७ थान र होटल पल्लीकोटबाट १४ थान गरी जम्मा ७३१ थान राहदानीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *