एमाले महासचिवले भने- कांग्रेसको रचनात्मक प्रतिपक्षको भूमिका अनुपम – Nepal Press

एमाले महासचिवले भने- कांग्रेसको रचनात्मक प्रतिपक्षको भूमिका अनुपम

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा भने उम्मेदवारी दिएको भन्दै कांग्रेसको प्रतिपक्षको भूमिका अनुपम भएको बताएका छन् ।

बिहीबार बिहान फेसबुकमा लेख्दै पोखरेलले भनेका छन्, ‘प्रमलाई भोट दिने र सभामुखविरुद्ध उम्मेदवार खडा गर्ने कांग्रेसको ‘रचनात्मक प्रतिपक्ष’ को भूमिका अनुपम छ ।’

कांग्रेसले एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री बनेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको थियो । तर, सभामुखमा भने गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवार खडा गरेको छ ।


प्रतिक्रिया

One thought on “एमाले महासचिवले भने- कांग्रेसको रचनात्मक प्रतिपक्षको भूमिका अनुपम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर