जहाज दुर्घटनाप्रति सरकार गम्भीर छ, हवाई सेवालाई सुरक्षित बनाउँछौँ : मन्त्री किराँती (भिडिओ) – Nepal Press

जहाज दुर्घटनाप्रति सरकार गम्भीर छ, हवाई सेवालाई सुरक्षित बनाउँछौँ : मन्त्री किराँती (भिडिओ)

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जहाज दुर्घटनाप्रति सरकार गम्भीर रहेको बताएका छन्।

प्रतिनिधि सभाको पूर्व सचिव नगेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेर आयोगले काम गरिरहेको बताए।

उनले भने, ‘हवाई सुरक्षालाई उच्च प्राथमिकता दिन र यस्ता घटना फेरि हुन नदिन मेरो पदबहालीपछि नागरिक उड्डयन प्राधिकरणलाई कडा निर्देशन गरिसकेको छु।’

हवाई सेवालाई सुरक्षित र विश्वास योग्य बनाउन आगामी दिनमा कार्य योजना अगाडि बढाउने समेत बताए।

छानबिन आयोगलाई स्वतन्त्रपूर्वक काम गर्ने वातावरण मन्त्रालयबाट भइरहेको बताए। उनले शव आफन्तलाई बुझाउने र बीमालगायको विषयमा सहजीकरण गर्ने काम भइरहेको बताए।

कांग्रेसले जहाज दुर्घटनाबारे सरकारमाथि प्रश्न उठाएपछि मन्त्री किराँतीले जवाफ दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर