राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई आज १० अर्ब पठाउँदै – Nepal Press

राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई आज १० अर्ब पठाउँदै

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज रिपो मार्फत १० अर्ब रुपैयाँ बैकिङ प्रणालीमा पठाउँदैछ । क, ख र ग वर्गमा वित्तिय संस्थालाई सो रकम पठाउन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट बैंकले आज रिपोको बोलकबोल गर्नेछ । रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बिडिङ गर्नुपर्नेछ ।

राष्ट्र बैंकले १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई रिपो जारी गर्न लागेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर