इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्रीले दिए बधाई – Nepal Press

इसा अवार्ड प्राप्त गरेकोमा डा. रुइतलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं । वरिष्ठ नेत्र चिकित्सक डा. सन्दुक रुइतले इसा अवार्ड प्राप्त गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत बधाई दिँदै प्रचण्डले डा. रुइतको योगदान देशका लागि प्रशंसनीय रहेको बताएका छन् ।

प्रचण्डले राज्यसँग डा. रुइतले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिने पनि बताएका छन् ।

डा. रुइतलाई आगामी फेब्रुअरीमा १० लाख डलर, स्वर्ण पदक र प्रमाणपत्र प्रदान गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर