पूजाआजा गरी राप्रपा नेपालको नयाँ कार्यालय प्रवेश गरे कमल थापा – Nepal Press

पूजाआजा गरी राप्रपा नेपालको नयाँ कार्यालय प्रवेश गरे कमल थापा

हेटौँडा । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) को केन्द्रीय कार्यालय सरेको छ । यसअघि काठमाडौंको विशालनगरमा रहेको कार्यालयलाई ठाउँ साँघुरो भएको भन्दै काठमाडौं महानगरपालिका वडा नम्बर ५ को हाडिगाउँ, ढुंगेधारा नजिकै सारिएको राप्रपा नेपालका नेता बर्तौलाले बताए ।

वुधबार पार्टी अध्यक्ष कमल थापाद्वारा झण्डोत्तोलनसहित पार्टीका पदाधिकारी सदस्यहरू तथा जनवर्गीय संगठनका नेताहरूको उपस्थितिमा पूजाआजा गरी गृह प्रवेश गरेका छन् ।

राप्रपा नेपाललाई अझ व्यवस्थित र नियमित कार्यलय सञ्चालन गरि पार्टीको अभियानलाई तीव्र बनाउने नीतिअनुसार कार्यालय पनि परिवर्तन गरिएको उनको भनाई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर