डा. सन्दुक रुइत भन्छन्- राष्ट्रपति पद मेरो लागि होइन (भिडिओ) – Nepal Press

डा. सन्दुक रुइत भन्छन्- राष्ट्रपति पद मेरो लागि होइन (भिडिओ)

काठमाडौं । वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले देशको राष्ट्रपति पदमा जान अनिच्छा व्यक्त गरेका छन् । हालै बहराइनको प्रतिष्ठित इशा अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रपति पद आफ्नो लागि नभएको प्रष्ट पारे ।

डा. रुइतले भने, ‘लोकतन्त्रमा राष्ट्रपतिको क्रेडेन्सियल र क्रेडिबिलिटी निकै ठूलो हुन्छ, चाहे रबरस्टाम्प नै किन नहोस् । हामी सबै मिलेर राष्ट्रपतिको गरिमा बढाउनुपर्ने छ । तर यो मेरो लागि होइन । मैले आफ्नो लिमिटेसन र स्थान राम्रोसँग बुझेको छु ।’

उनले थपे, ‘म यही कारणले नै यति अगाडि आएको छु । सक्ने जति गर्ने हो । सक्नेभन्दा अरु काम म गर्दिनँ । अहिलेलाई यो काम भन्दा मैले गर्न सक्ने कामहरु धेरै छन् ।’

अहिले सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरुले डा. रुइतलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठिरहेका छन् । यस विषयमा उनलाई पत्रकारले प्रश्न सोधेका थिए । डा. रुइतले आफ्नो पछिल्लो उपलब्धीलाई सरकारले कसरी रेस्पोन्स गर्छ भनेर हेरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *