गैरआवासीय नेपालीको नागरिकता मुद्दा समाधान गर्छु : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

गैरआवासीय नेपालीको नागरिकता मुद्दा समाधान गर्छु : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्ने बताएका छन् ।

वुधबार सिंहदरबारमा गैरआवासीय नेपाली संघका प्रतिनिधिसंगको भेटवार्ताका क्रममा गृहमन्त्री लामिछानेले नागरिकताको सबै विषयलाई एकै ठाँउमा राखेर समाधानको प्रयास गर्दा गिजोलिएको भन्दै अब गैरआवासीय नेपाली नागरिकताको मुद्दालाई समाधान गर्न गृह मन्त्रालय सक्षम रहेको बताएका हुन् ।

उनले विदेशमा भएका नेपालीहरुको लगानीलाई सुरक्षित गर्न पनि सरकार तयार रहेको बताए । नेपालमा लगानीका लागि गैरआवासीय नेपालीहरुको कानूनी र व्यवहारिक कठिनाइबारे मन्त्रालय जानकार रहेकाले यसलाई गम्भीर भएर समाधानको प्रयास खोजिने उनले बताए । उनले नागरिकताका बिषय समाधान भएपछि गैरआवासीय नेपालीको सम्पत्तिको हकको विषय पनि टुङ्गिने जिकिर गरे ।

भेटवार्तापछि संघका अध्यक्ष कुल आचार्य गैरआवासीय नेपालीका नागरिकता, भिसा, एयरपोर्टमा देखिने समस्यालगायत नेपालको विकासमा साझेदारी गर्ने बिषयमा छलफल भएको र समस्यालाई समाधान गर्ने प्रतिवद्धता गृहमन्त्रीले व्यक्त गरेको जानकारी व्यक्त गरे ।

संघले गरिआएको काम, नेपाल सरकारको तर्फबाट सम्बोधन भइआएका विषय र आगामी दिनमा सरकारले गर्नुपर्ने नीतिगत र कानूनी सुधार सम्बन्धमा संघले गृहमन्त्री लामिछानेलाई ज्ञापन पत्र पनि बुझाएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *