एक करोड ९७ लाखले चलाउँछन् मोबाइल बैंकिङ एप – Nepal Press

एक करोड ९७ लाखले चलाउँछन् मोबाइल बैंकिङ एप

काठमाडाैं । पछिल्लो समय प्रविधिलाई स्वीकार गर्दै हरेक कामकारबाहीलाई प्रविधिमार्फत नै गर्ने लहर बढ्दै गएको छ । प्रविधिको प्रयोग बैकिङ क्षेत्रमा पनि बढ्दै गएको छ ।

ग्राहकहरुले प्रविधिमार्फत घरमै बसी बसी बैंकिङ कारोबार गर्न थालेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ । राष्ट्र बैंकको तथ्यांकलाई आधार मान्ने हो भने मोबाइलबाटै बैंकिङ कारोबार गर्नेहरु बढ्दै गएको देखिन्छ । केन्द्रीय बैंकका अनुसार मोबाइल बैकिङका ग्राहक १ करोड ९७ लाख ६६ हजार पुगेको छ । यो मंसिरसम्मको तथ्यांक हो ।

त्यस्तै, इन्टरनेट बैकिङ प्रयोगकर्ता १७ लाख ७० हजार पुगेका छन् भने वालेट प्रयोगकर्ताहरु १ करोड ५५ लाख पुगेको छ । अहिले १ करोड १९ लाख २७ हजार डेबिट कार्ड, २ लाख ७० हजार क्रेडिट कार्ड र १ लाख २६ हजार प्रिपेड कार्ड प्रयोगमा छन् । यस्तै कनेक्ट आईपीएस प्रयोगकर्ताहरु ९ लाख ७४ हजार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर