सीआरआर र सीडी रेसियो उल्लंघन गर्ने ६ बैंक र ४ फाइनान्सलाई कारबाही (सूचीसहित) – Nepal Press

सीआरआर र सीडी रेसियो उल्लंघन गर्ने ६ बैंक र ४ फाइनान्सलाई कारबाही (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेअनुसार अनिवार्य नगद मौज्दात (सीआरआर), विपन्न कर्जा परिचालन र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसकेका विकास बैंक तथा वित्त संस्थाहरूलाई कारबाही गरेको छ ।

कर्णाली डेभलपमेन्ट बैंकले विपन्न वर्ग कर्जा परिचालनमा अनुपालन प्रयोग नगरेको भन्दै सो बैंकलाई जरिवाना तिराएको छ । धेरै पटक नियम उल्लंघन गर्नेमा कर्णाली बैंक नै देखिएको छ ।

कर्णाली डेभलपमेन्ट बैंक सीआरआर कायम नगरेकोमा पनि दुईपटक कारबाहीमा परेको छ । यस्तै कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकलाई सीडी रेसियो कायम नगेको भन्दै साउन र भदौमा गरी दुई पटक राष्ट्र बैंकले जरिबाना तिराएको छ ।

सालपा विकास बैंकले पनि तोकिएको सिआरआर कायम नगरेको भन्दै जरिबानामा परेका छन् । यता फाइनान्स कम्पनीहरुमा नेपाल फाइनान्स कम्पनी, जानका फाइनान्स कम्पनी र समृद्धि फाइनान्स कम्पनीले पनि सीडी रेसियोको नियम उल्लंघन गरेका छन् ।

उनीहरुले तोकिए अनुसारको सीडी रेसियो कायम गर्न नसक्दा केन्द्रीय बैंकले नगद कारबाही गरेको हो । यता प्रोग्रेसिभ फाइनान्सले भने तोकिएको सीआरआर कायम गर्न नसक्दा कारबाहीमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर