विश्वप्रकाशको प्रष्टीकरण- कांग्रेस भागवण्डामा लाग्दैन, प्रधानमन्त्रीको आग्रहमा छलफलमा बसेका हौं (भिडिओ) – Nepal Press

विश्वप्रकाशको प्रष्टीकरण- कांग्रेस भागवण्डामा लाग्दैन, प्रधानमन्त्रीको आग्रहमा छलफलमा बसेका हौं (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफूहरु कुनै भागवण्डामा नलागेको प्रष्ट पारेको छन् ।

विपक्षी दलको तर्फबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गरेपछि उनले सञ्चारकर्मीसँग बोल्दै कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको प्रष्ट पारे ।

‘हामी परिस्थितीवश प्रतिपक्षमा गयौं । जनताले मत दिँदै गर्दा हामीलाई पहिलो दल बनाइदिनुभएको छ । हामी संसदको सबैभन्दा ठूलो दल हौं’ उनले भने, ‘तर, राजनीतिक दलहरुबीच एउटा समझदारीबाट मुलुक अगाडि जाने अहिले बुझिन्छ त्यो बेलामा प्रधानमन्त्रीजीले नै सहमतिपूर्वक जान सकिन्छ भन्दै गर्दा छलफलमा सहभागी भएका हौं । हामी मन्त्रिपरिषद्मा जाँदैनौं । प्रमुख प्रतिपक्षमा जिम्मेवार ढंगले लाग्छौं ।’

उनले कांग्रेस कुनै राजकीय कुनै पदमा संलग्न नहुने बताए ।

उनले भने, ‘कुनै बाँडफाँटमा माग भएको सुन्नुभएको छ भने त्यो गलत हो । हामी प्रतिपक्षी दल हौं । तर, प्रतिपक्षी दलले राष्ट्रपति र सभामुखमा उम्मेदवारी नै दिदैन भने हामी गलत गरिरहेका छौं ।’

उनले सांसदहरुले आफ्नो विवेकको प्रयोग गरेर मतदान गर्दा अनुभवी महिला सभामुख पाउने बताए ।

उनले भने, ‘सत्ता सत्तापक्षको संसद प्रतिपक्षको भन्ने गरिन्छ । कांग्रेसको मात्रै नभएर सत्ता बाहिर रहेको दलहरुको उम्मेवारको रुपमा ईश्वरी न्यौपाने हुनुहुन्छ । उहाँको अनुभव, शालिनता र सक्षमताको कारणले संसदको गरिमा उच्च हुन्छ । उहाँ सभामुखमा विजयी हुँदैगर्दा ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर