कर्णालीकी उपसभामुख न्यौपानेले लिइन् शपथ – Nepal Press

कर्णालीकी उपसभामुख न्यौपानेले लिइन् शपथ

सुर्खेत । कर्णाली प्रदेशसभाकी उपसभामुख यशाेदा न्यौपानेले शपथ ग्रहण गरेकी छन् । सभामुख नन्दा गुरुङ्गले प्रदेश प्रमुख तिलक परियारको उपस्तिथिमा उपसभामुख न्यौपानेलाई लाई शपथ खुवाएकी हुन् ।

बुधबार प्रदेशसभामा भएको निर्वाचनमा २५ मतसहित उपसभामुखमा उनी निर्वाचित भएकी हुन् ।

न्याैपानेले नेकपा एमालेका १०, माओवादी केन्द्रकाे १३ र राप्रपा तथा एकीकृत समाजवादीको एक-एक मत पाएकी हुन् । उनी समानुपातिक सांसद हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर