सभामुखको उम्मेदवार टुंग्याउन कांग्रेसले माओवादीलाई नकुर्ने- देउवा, माधव र उपेन्द्र छलफलमा – Nepal Press

सभामुखको उम्मेदवार टुंग्याउन कांग्रेसले माओवादीलाई नकुर्ने- देउवा, माधव र उपेन्द्र छलफलमा

बैठकमा लाेसपाका महन्थ पनि मिसिए

काठमाडौं । नेपाली कांग्रेसले सभामुखको उम्मेदवारी दिन अब माओवादीको निर्णयलाई नपर्खिने भएको छ । एमाले उम्मेदवार देवराज घिमिरेको समर्थक नै माओवादी भएपछि कांग्रेसले प्रधानमन्त्रीलाई नपर्खिने भएको हो ।

कांग्रेस नेतृत्वमा विपक्षी समिकरणबाट सभामुखको उम्मेदवार टुंग्याउन केही बेलामा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीको अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदैछ । उनीहरुको बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुुर पनि मिसिएका छन् ।

उनीहरुको बैठक सिंहदरबारमा बस्ने कांग्रेसका एक पदाधिकारीले बताए। उनीहरुबीच बिहिन पनि भेटवार्ता भएको थियो ।

तीन नेताको छलफलपछि कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले निर्णय गरेर उम्मेदवारी दर्ता गर्न जाने तयारी छ । कांग्रेसले इश्वरी न्यौपानेलाई उम्मेदवारी बनाउँने तयारी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर