मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने – Nepal Press

मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई कांग्रेसले पनि विश्वासको मत दिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने भएको छ ।

कांग्रेस दलका नेता कृष्ण प्रसाद यादवले प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको बताए । उनले हामीले दिने विश्वासको मतको कदर हुनेछ भन्ने विश्वास रहेको बताए ।

उनले भने, ‘हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्छौँ । तर आज विश्वासको मत दिएपछि सरकारले अगामी दिनमा सहमति र सहकार्यमा प्रदेशलाई समृद्ध बनाउने काम होस् ।’

उनले प्रदेशमा कमिसन र भ्रष्टाचारबारे धेरै गुनासो आएकाले सो गुनासो घटाउन पनि मुख्यमन्त्री यादवसँग अपिल गरे ।

मधेस प्रदेशमा नेपाली कांग्रेसको २२ सांसद छन् । मुख्यमन्त्री यादव सत्ता साझेदार दलहरू र तीन स्वतन्त्र सांसदको समर्थनमा नियुक्त भएका थिए । पछि लोसपाले पनि समर्थन गरिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर