गोकर्ण विष्टको दाबी- कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन, पदहरूको बाँडफाँट भइसकेको छ – Nepal Press

गोकर्ण विष्टको दाबी- कांग्रेसले मुख मिठ्याउनुको अर्थ छैन, पदहरूको बाँडफाँट भइसकेको छ

रामेछाप । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री गोकर्ण विष्टले सत्ता साझेदार दलहरुबीच यसअघि नै पदहरुको बाँडफाँट भइसकेकाले कांग्रेसले मुख मिठ्याउनुको अर्थ नरहेको टिप्पणी गरेका छन् ।

प्रेस चौतारी रामेछापले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले नेता विष्टले कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका कारण सभामुख, राष्ट्रपतिलगायत भावी निर्वाचनमा कुनै प्रभाव नपर्ने बताए ।

विष्टले भने- सत्तासाझेदर दलहरूबीच भएको सहमतिमा हामी विश्वस्त छौँ,’ त्यसमा तलमाथी हुने सम्भावना म देख्दिनँ । कांग्रेसले विश्वासको मत दिएको भनेर पदमा मुख मिठ्याउनु अर्थ छैन । उसको विश्वासको मतको पनि सरकारको वहुमतका लागि अर्थ छैन ।

विष्टले गठबन्धनमा सहमति भएबमोजिम नै सबै कुरा हुनुपर्ने बताए । कार्यक्रममा एमाले जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ,प्रदेश कमिटी सदस्य रत्न गौतम,सचिव पुरुषोत्तम कडरिया लगायतका नेता थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर