क्रोएसिया हिँडेका २१ युवा ५१ हजार यूराेसहित विमानस्थलबाट पक्राउ – Nepal Press

क्रोएसिया हिँडेका २१ युवा ५१ हजार यूराेसहित विमानस्थलबाट पक्राउ

काठमाडौं। अवैध तरिकाले युरो बोकेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २१ जना युवा पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका अनुसार उनीहरु दुबई हुँदै क्रोएसिया जाँदै थिए।

उनीहरुलाई युरो बोकाएर पठाउने खोजेको आरोपमा त्रिभुवन विमानस्थलबाहिरबाट पदमबहादुर विश्वकर्मा पक्राउ परेका छन्। उनको साथबाट एक लाख २० हजार नेपाली रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

फ्लाई दुबईको विमानमार्फत उनीहरु मंगलबार क्रोएसिया जानेक्रममा ह्यान्ड ब्याग चेकिङ एरियामा भएको स्क्रिनिङमा अवैध रकम फेला परेको दावी गरिएको छ।

उनीहरुको साथबाट बरामद भएको युरो स्वीकृति नलिईकन लगेको पाइएपछि प्रहरीले सोधपुछ गर्दा विश्वकर्माले पठाएको बताएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जनाएको छ।

२१ जनाको साथबाट ५१ हजार ३ सय ५० युरो बरामद भएको छ। उनीहरुलाई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पठाइएको छ। क्रोएसिया जान लागेका सबै पुरुषहरु हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी स्रोतका अनुसार पक्राउ परेका विश्वकर्मा म्यानपावर व्यवसायी हुन्। उनैले ती २१ जनालाई क्रोएसियाको एक कम्पनीका लागि रोजगारीमा पठाउन लागेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *