सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता – Nepal Press

सभामुखमा सत्ता गठबन्धनबाट एमालेका देवराज घिमिरेको उम्मेदवारी दर्ता

काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट नेकपा एमालेका देवराज घिमिरेले सभामुख उम्मेदवारी दर्ता गरेका छन् । नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् ।

उनको प्रस्तावकमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र समर्थनमा नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष तथा उपप्रधान एवम् उर्जामन्त्री राजेन्द्र लिङ्देन रहेका छन् ।

सत्ता गठबन्धनमा एमालेसहित नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उम्मुक्ति पार्टी रहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर