सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ – Nepal Press

सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ

कैलाली । सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

प्रदेश प्रमुख कार्यालयका सभामुख भीम भण्डारीले उपसभामुख चौधरीलाई शपथ ग्रहण गराएका हुन् ।

शपथ ग्रहण समारोहमा प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री राजेन्द्र रावल, एमाले नेता लेखराज भट्ट लगायत उपस्थित थिए ।

उपसभामुखको लागि मङ्गलवार भएको निर्वाचनमा चौधरी निर्वाचित भएकी थिइन् ।

सत्ता साझेदार दल नेकपा एमालेबाट उम्मेदवारी दिएकी उनलाई ५३ जना प्रदेश सभा सदस्यमध्ये २८ जना मत दिएका थिए ।

आजै उपसभामुख चौधरीले पदभार समेत गरेकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर