देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय – Nepal Press

देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरेको छ ।

एमाले उपाध्यक्ष सुवास नेम्वाङले आज घिमिरेले सभामुख पदका लागि उम्मेदवारी मनोनयन दाखिला गर्ने नेपाल प्रेसलाई बताए ।

प्रतिनिधिसभाका सभामुखको निर्वाचन बिहीबार बिहान ११ बजे तय भइसकेको छ । त्यसका लागि आज दिउँसो १ देखि अपरान्ह ४ बजेसम्म मनोनयन छ ।

सभामुखका लागि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि दाबेदार थिए । तर, यसपटक अध्यक्ष केपी शर्मा ओलीले पार्टीका पुराना नेता तथा स्थायी कमिटी सदस्य देवराज घिमिरेलाई अघि सारेका छन् ।

माओवादीसँग आधा कार्यकालका लागि सभामुख र प्रधानमन्त्रीमा समझदारी भएअनुसार सहमति कार्यान्वयन हुँदा घिमिरेले अढाई वर्षपछि सभामुख पद छाड्नुपर्नेछ । झापा २ बाट निर्वाचित भएका घिमिरे एमालेका प्रदेश १ इन्चार्जसमेत हुन् ।

 


प्रतिक्रिया

One thought on “देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने एमालेको निर्णय

  1. देशलाई चुर्लुम्म डुवाएर करोडौं भ्रष्टाचार गर्ने पार्टीका नेता भनाउँदा भतुवाहरुलाई भन्दा विश्वले चिनेका स्वच्छ छवि भएका नेत्र विशेषज्ञ डा. #सन्दुक रुईतलाई राष्ट्र प्रमुख बनाउने तर्फ ध्यानाकर्षण होस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर