हरिवंश भन्छन्- सन्दुक रुइतलाई राष्ट्रपति बनाउन पाए देशको प्रतिष्ठा बढ्ला – Nepal Press

हरिवंश भन्छन्- सन्दुक रुइतलाई राष्ट्रपति बनाउन पाए देशको प्रतिष्ठा बढ्ला

काठमाडौं । प्रख्यात नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतले बहराइन सरकारबाट इसा अवार्ड प्राप्त गरेपश्चात् सामाजिक सञ्जालमा बधाईको ओइरो लागिरहेको छ । यही सिलसिलामा वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले भने डा. रुइतलाई नेपालको राष्ट्रपति बनाउनुपर्ने धारणा राखेका छन् ।

सामाजिक सञ्जालमा रुइतलाई बधाई दिँदै आचार्यले रुइतलाई राष्ट्रपति बनाउँदा देशको प्रतिष्ठा बढ्ने तर्क गरेका हुन् ।

उनी लेख्छन्, ‘मनमा कुरा घुमी रहन्छ। यो देशको अबको राष्ट्रपति नेत्र विशेषज्ञ डा शन्दुक रुइत लाई बनाउन पाए नेपालको नै प्रतिष्ठा बढ्ला ।’

डा. रुइतले नेपालीको मात्र नभएर संसारकै ज्योतिविहिनहरुको आँखामा उज्यालो छरिरहेको आचार्यले बताएका छन् । बहराइन सरकारले दश लाख डलरको इसा अवार्डबाट सम्मान गर्ने निर्णय गरेको समाचार सुन्दा मन हर्षित भएको उनले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *