देउवा भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा, सभामुख निर्वाचनमा सहकार्यबारे छलफल – Nepal Press

देउवा भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा, सभामुख निर्वाचनमा सहकार्यबारे छलफल

काठमाडौं । सभामुख निर्वाचनको लागि उम्मेदवार मनोनयनको पूर्व सन्ध्यामा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग छलफल गरेका छन् ।

सभामुख निर्वाचनका लागि आज दिउँसो मनोनयन हुनेछ । कांग्रेसले सभामुखमा उम्मेदवार बनाउनेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएकै बेला देउवालाई भेट्न माधव नेपाल र उपेन्द्र यादव धुम्बाराहीमा पुगेका हुन् ।

सत्ता गठबन्धनमा जसपालाई सम्मानजनक भाग नदिइएपछि उपेन्द्र यादवले सरकारमा सहभागिता जनाएका छैनन् । उनले प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक समेत बहिस्कार गरेका थिए ।

कांग्रेसले गठबन्धनबाट जसपा, नागरिक उन्मुक्ति, जनमत पार्टी लगायतलाई आफूतिर तान्न खोजिरहेको छ । राष्ट्रपति चुनावलाई समेत मध्यनजर गरेर कांग्रेसले आफ्नो गठबन्धन बलियो बनाउन खोजेको हो ।

माधव नेपाल र उपेन्द्रसँगको छलफलपछि कांग्रेस पदाधिकारी बैठक बस्दैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर