माघ ५ गतेबाट धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट प्रतियोगिता हुने – Nepal Press

माघ ५ गतेबाट धनगढीमा दीपेन्द्र स्वार स्मृति डीसीए कप क्रिकेट प्रतियोगिता हुने

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डीसीए)को आयोजनामा दीपेन्द्र स्वार स्मृति स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा यही माघ ५ गतेबाट उक्त प्रतियोगिता हुनेछ । प्रतियोगितामा २० वटा स्कुलहरूको सहभागीता रहेको छ ।

माघ १६ गतेसम्म चल्ने प्रतियोगिता टी-२० फम्र्याटमा हुनेछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको विजेताले ५० हजार तथा उपविजेताले ३० हजार पाउनेछ ।

यस्तै, प्लेयर अफ द टुर्नामेन्टले ५ हजार नगदसहित डीसीएमा ४ महिनाको छात्रवृत्तिमा क्रिकेट सिक्न पाउने डिसीएका व्यवस्थापक समुयल न्यौपानेले बताए ।

त्यसबाहेक वेस्ट बलर र बेस्ट ब्याटरले ३-३ हजार नगद र ३ महिनाको छात्रवृत्ति पाउनेछन् ।

डीसीएका पूर्व खेलाडी समेत रहेका दीपेन्द्र स्वारको सडक दुर्घटनामा निधन भएको थियो ।परिवारले हरेक वर्ष उनको स्मृतिमा क्रिकेट प्रतियोगिता गर्दै आएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर