महिलामन्त्रीको पहिलो निर्णय- राष्ट्रिय ज्येष्ठ नागरिक नीतिलाई अन्तिम रुप दिन समिति गठन – Nepal Press

महिलामन्त्रीको पहिलो निर्णय- राष्ट्रिय ज्येष्ठ नागरिक नीतिलाई अन्तिम रुप दिन समिति गठन

विराटनगर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले राष्ट्रिय ज्येष्ठ नागरिक नीतिको प्रारम्भिक मस्यौदाबारे अन्तिमरुप दिन समिति गठन गरी कार्य अघि बढाउने पहिलो निर्णय पनि गरेकी छन् ।

पदभार गर्दै उनले आधाभन्दा बढी जनसङ्ख्या महिला भएपनि सहभागिता न्यून रहेकाले महिला सहभागीताको नीतिलाई कार्यान्वयनमा जोड दिने बताइन् ।

उनले महिला हिंसा न्यूनीकरण गर्न पहल समेत बताइन् ।

उनले महिला, बालबालिका र जेष्ठ्य नागरिकका हक अधिकार संस्थागत गर्न तथा उनीहरुको सुरक्षणका लागि विशेष काम गर्ने बताइन् ।

मन्त्री चौधरीले महिलालाई राज्यका सबै क्षेत्रमा समान पहुँच स्थापित गर्न, ग्रासरुटबाटै बालबालिकाहरुको वृत्ति विकास गर्न र बालअधिकार प्रत्याभूत गर्न ठोस योजना लिएर आउने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर