लिङ्देनप्रति कमल थापाको व्यंग्य- हामीलाई सत्तामा गयो भनेर गाली गर्ने अनि आफैं मन्त्री खाने ? – Nepal Press

लिङ्देनप्रति कमल थापाको व्यंग्य- हामीलाई सत्तामा गयो भनेर गाली गर्ने अनि आफैं मन्त्री खाने ?

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले जनतासँग गरेको वाचालाई भुलेर सत्तारोहण गरेको आरोप लगाएका छन् । मंगलबार हेटौँडामा भएको कार्यकर्ता भेलालाई संवोधन गर्दै अध्यक्ष थापाले भने, ‘हामीलाई सत्तामा गयो भनेर गाली गर्नेहरु जनतालाई ढाँटेर आफैं सत्तारोहण गरेका छन् ।’

राप्रपाले राजसंस्थालाई ‘डिपफ्रिज’मा राखेर सत्तामा गएको भन्दै उनीहरुबाट धर्मको रक्षा नहुने आरोप लगाए । राप्रपालाई सत्तामा जान कुन शक्तिले बाध्य पार्यो, शक्तिशाली ठाउँ त महाधिवेशन हो, महाधिवेशनले पास गरेको नीति विपरीत राप्रपा सत्तामा गएकोमा समेत उनले प्रश्न उठाए ।

अहिले निर्माण भएको गठबन्धन स्वार्थको गठबन्धन भएको भन्दै थापाले यो गठबन्धनबाट देशको हित नहुने बताए । भ्रष्ट्राचारमा मुछिएकाहरु सरकारमा गएको भन्दै थापाले अहिलेको गठवन्धन ऊँट जस्तै रहेको बताए ।

राप्रपा नेपाल म्याराथुन रेसमा रहेको भन्दै थापाले म्याराथुन रेस लामो हुने र रिजल्ट आउन केहि समय कुर्नपर्ने बताए । राप्रपा नेपालले स्वार्थीहरुको समुहलाई छाडेर इमान्दार कार्यकर्ताहरुको भीड जम्मा गरिरहेको भन्दै थापाले राप्रपाको सिद्धान्त र राजनीति सफल हुने विश्वास ब्यक्त गरे ।

राप्रपा नेपालले आदर्श र सिद्धान्तलाई सत्ता सङ्ग नसाटेको भन्दै थापाले योजनावद्ध र षड्यन्त्रपुर्वक चरित्र हत्या गरेको विषय आगामी दिनमा स्पष्ट हुने । भ्रम निवारण हुने समेत बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर