मधेसको उपसभामुखमा जनमतकी बबिता कुमारी राउत निर्वाचित – Nepal Press

मधेसको उपसभामुखमा जनमतकी बबिता कुमारी राउत निर्वाचित

जनकपुरधाम । मधेस प्रदेशको उपसभामुखमा जनमत पार्टीकी बबिता कुमारी राउत इसर निर्वाचित भएकी छन् ।

आजको प्रदेशसभा बैठकमा भएको मतदान प्रक्रियाबाट उपसभामुखमा बबिता उपसभामुखमा निर्वाचित भएकी हुन् ।

प्रदेशसभाको मतदान प्रक्रियामा १०१ सांसद उपस्थित थिए । जसमध्ये राउतको पक्षमा ७२ सांसद र विपक्षमा २९ सांसदले मतदान गरेका छन् ।

बबिताले प्राप्त गरेको मत प्रदेशसभामा कायम संख्याको बहुमतभन्दा बढी रहेकोले उनी उपसभामुखमा निर्वाचित भएकी घोषणा ज्येष्ठ सदस्य गोबिन्द न्यौपानेले घोषणा गरेका छन् ।

सप्तरी घर भएकी उनी सत्ता साझेदार दलको समर्थनमा उपसभामुखमा उम्मेदवारी दिएकी थिइन् ।

यता, नेकपा एसकी सांसद बेची लुङ्गेली उपसभामुखमा प्रतिस्पर्धा गरिन् । उनको पक्षमा नेकपा एसको ७ र नेपाली कांग्रेसको २२ सांसदले मतदान गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर